Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सोमवार , कार्तिक १९, २०८१

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुदूरपश्चिम प्रदेश ०१-११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ५४ वर्षीया डम्मरा ओलीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालक घोडाघोडी नगरपालिका–१ बस्ने २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077