Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

मंगलवार , कार्तिक १३, २०८१

कपिलवस्तु । कपिलवस्तुमा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका-२ पुरेनामा मंगलबार दिउँसो सवा एक बजेतिर नगरपालिकाको वडा नम्बर ९ स्थित आदर्श बोडिङ स्कुलको लु १ ख ९०९२ नम्बरको बस र लु ६६ प ४८७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको हो ।

सो दुर्घटनामा मोटरसाइकलमा सवार सोही पालिकाको वडा नम्बर-३ घनचौराका पवन थापा र वडा नम्बर-४ का मनिष थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

थापालाई कपिलवस्तु अस्पताल र थारुलाई बुटवल स्थित चौराहा अस्पताल लगिएकोमा डाक्टरले दुवैलाई मृत घोषणा गरेका थिए । दुर्घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077