Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भौतिक पूर्वाधारमन्त्री दाहालले गरे यातायात विभागको अनुगमन

भौतिक पूर्वाधारमन्त्री दाहालले गरे यातायात विभागको अनुगमन

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुगमन गरेका छन्।

मन्त्री दाहालले मिनभवन स्थित यातायात व्यवस्था विभागको अनुगमन गरेका हुन्। त्यस क्रममा उनले सेवाग्राहीहरूसँग समेत संवाद गरि विभागबाट प्रवाह भइरहेको सेवाका बारेमा जानकारी लिए।

सेवाग्राहीहरूले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाई दिन आग्रह गरेका थिए। सेवाग्राहीसँग कुराकानी पछि उनले लाइन नलागि सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिए।

टोकन प्रणाली लागू गरी सेवा लिने प्रबन्ध गर्न उनले निर्देशन दिए। यसैगरी मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र इम्बोस्ड नम्बर छपाइका बारेमा पनि जानकारी लिए।

विभागका महानिर्देशक राजीव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाई भई रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077