Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भक्तपुरको खरिपाटीमा बस पल्टिँदा १० जना घाइते

भक्तपुरको खरिपाटीमा बस पल्टिँदा १० जना घाइते

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । भक्तपुरको खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु लिएर आउँदै गरेको बस आज दिउँसो खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

चाँगुनारायण नगरपालिका कार्यालय नजिकैको घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नम्बरको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको थियो।

घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाका घाइतेको उद्धार गरी भक्तपुर अस्पताल पठाइएको छ।

बसको अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको छ। बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युतको खम्बासमेत भाँचिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077