Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एयर इण्डियाको विमानमा बम राखेको सूचना ‘फेक’ !

    एयर इण्डियाको विमानमा बम राखेको सूचना ‘फेक’ !

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 96
    SHARES

    काठमाडौं । काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको सूचना ‘फेक’ भएको पुष्टि भएको छ ।​​​

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानमा सवार यात्रुलाई ओरालेर जाँच गर्दा कुनै पनि विस्फोटक पदार्थ नभेटिएको हो ।



    जहाज नयाँ दिल्ली उड्ने तयारीमा रहेको बताइएको छ । एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि विमानको जाँच गरिएको थियो ।



    विमानको जाँच प्रक्रिया चलिरहँदा पनि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्यरूपमा सञ्चालन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार