Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एयर इण्डियाको विमानमा बम राखेको सूचना 'फेक' !

एयर इण्डियाको विमानमा बम राखेको सूचना 'फेक' !

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा बम राखेको सूचना 'फेक' भएको पुष्टि भएको छ ।​​​

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार विमानमा सवार यात्रुलाई ओरालेर जाँच गर्दा कुनै पनि विस्फोटक पदार्थ नभेटिएको हो ।

जहाज नयाँ दिल्ली उड्ने तयारीमा रहेको बताइएको छ । एयर इण्डियाको एआई–२१६ विमानमा बमको हल्लापछि विमानको जाँच गरिएको थियो ।

विमानको जाँच प्रक्रिया चलिरहँदा पनि विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्यरूपमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077