Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम भएको हल्ला, विमान जाँच गरिँदै

दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम भएको हल्ला, विमान जाँच गरिँदै

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । काठमाडौंबाट दिल्ली फर्किने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम राखेको सूचना सार्वजनिक भएपछि नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको छ।

दिल्ली फर्किने तयारीमा रहेको एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि जहाजलाई नेपाली सुरक्षा निकायले जाँच थालेका हुन् ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्ला फैलिएको थियो ।

दिल्लीमा रहेको एयर इन्डियाको कार्यालयबाट काठमाडौं विमानस्थललाई बम रहेको खबर आएको विमानस्थलस्रोतले बतायो ।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो ।

तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन । पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077