Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौं र ललितपुरका जुवाको खालबाट १२ जना पक्राउ

    काठमाडौं र ललितपुरका जुवाको खालबाट १२ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ कार्तिक २०८१
  • 63
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

    कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने रामकृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।



    त्यसैगरी ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार