Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आजदेखि केरूङ नाका सञ्चालनमा आउँदै

आजदेखि केरूङ नाका सञ्चालनमा आउँदै

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । अविरल वर्षाका कारण बन्द

अविरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउने चिनियाँ पक्षले तयारी गरेको हो ।

राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठूलो सहयोग मिलेको बताइएको छ ।

रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077