Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • राष्ट्रिय उद्धार यात्रा : १२८ सडक आश्रितको उद्धार

    राष्ट्रिय उद्धार यात्रा : १२८ सडक आश्रितको उद्धार

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 54
    SHARES

    लुम्बिनी । मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियानका क्रममा एक सय २८ सडकआश्रित मानवको उद्धार गरिएको छ ।

    अभियानकै क्रममा लुम्बिनी प्रदेशका जिल्लाहरुबाट भने हाल सम्म २८ जनाको उद्धार गरिएको हो । लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् ।



    झापाको मेची पुलबाट सुरु भएको उद्धार अभियानको टोली १३औँ दिनमा आइतबार लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आइपुगेको हो ।



    लुम्बिनी प्रदेशको राजधानी पुगेको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत तथा सम्मान गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार