Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अनुमतिबिना काठमाडौं आएको थाइ एयर एसियाको उडान निलम्बित

अनुमतिबिना काठमाडौं आएको थाइ एयर एसियाको उडान निलम्बित

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति नलिई काठमाडौं आएको थाई एयर एसियाको विमानलाई कारबाही गरेको छ।

आइतबार अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको हो ।

थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ। थाइल्याण्डबाट काठमाडौं आएको विमानलाई झण्डै एक घण्टा ‘होल्ड’ गराएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न दिइएको थियो।

थाई एयर एसियाको आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिएर अवतरण गराइएको छ। प्राधिकरणले तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति, जिएसए पनि रद्द गरिएको छ।

थाई एयर एसियाको उडान अनुमति शनिबारसम्म मात्र लिएको थियो। विमानलाई धेरै समय होल्डिङ गर्दा यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएको प्राधिकरणले जनाएको छ।

आजबाट सुरू भएको विन्टर सेड्युलमा थाइको आइतबार उडान थिएन। हिजोबाट अर्थात् अक्टोबर २६ बाट समर सेड्युल सकिसकेको छ।

थाइले आजबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भनेको थियो। यद्यपि थाइ सिधैं काठमाडौं आएपछि करिब ३० मिनेटसम्म जहाज होल्ड गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077