Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उडान अनुमति सकिएको थाई एयर एसियाको जहाज काठमाडौंमा अवतरण

उडान अनुमति सकिएको थाई एयर एसियाको जहाज काठमाडौंमा अवतरण

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ भएको थाई एयर एसियाको जहाजलाई अन्ततः काठमाडौंमा अवतरण भएको छ ।

अवतरण अनुमति सकिएको एयर एसियाको जहाज लामो समय आकाशमै ‘होल्ड’ भएपछि मानवीयताका आधारमा अवतरण गर्न अनुमति दिइएको हो ।

झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।

बैंककबाट काठमाडौंका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो ।

उक्त जहाज २ बजे काठमाडौंमा अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन ।

त्यसपछि जहाज काठमाडौंमाथिको आकाशमा होल्ड भएको थियो । अनुमति पाएपछि एयर एसिया २ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यात्रुको सुरक्षा लगायतको कारण जहाजलाई अवतरणको अनुमति दिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077