Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • उडान अनुमति सकिएको थाई एयर एसियाको जहाज काठमाडौंमा अवतरण

    उडान अनुमति सकिएको थाई एयर एसियाको जहाज काठमाडौंमा अवतरण

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 270
    SHARES

    काठमाडौं । नेपालमा उडान अनुमति ‘एक्स्पायर’ भएको थाई एयर एसियाको जहाजलाई अन्ततः काठमाडौंमा अवतरण भएको छ ।

    अवतरण अनुमति सकिएको एयर एसियाको जहाज लामो समय आकाशमै ‘होल्ड’ भएपछि मानवीयताका आधारमा अवतरण गर्न अनुमति दिइएको हो ।



    झन्डै एक दर्जन फन्का मारेको थाई एयर एसियाको उक्त जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ ।



    बैंककबाट काठमाडौंका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो ।

    उक्त जहाज २ बजे काठमाडौंमा अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन ।

    त्यसपछि जहाज काठमाडौंमाथिको आकाशमा होल्ड भएको थियो । अनुमति पाएपछि एयर एसिया २ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    यात्रुको सुरक्षा लगायतको कारण जहाजलाई अवतरणको अनुमति दिएको विमानस्थल कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार