Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अब एआईसम्बन्धी राष्ट्रिय नीति बनाउछौं : प्रधानमन्त्री ओली

अब एआईसम्बन्धी राष्ट्रिय नीति बनाउछौं : प्रधानमन्त्री ओली

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी राष्ट्रिय नीति बनाउने घोषणा गरेका छन् ।

युवा संघ नेपालले आज आयोजना गरेको एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले एआईसँगै अन्य सूचना प्रविधिलाई विकास, विस्तार र व्यवस्थापन गर्न सरकार निजी क्षेत्र र नागरिक समाजबीच समन्वय र समझदारी आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागि पर्ने बताए।

प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077