Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जंगली च्याउ खाँदा एकैघरका ५ जना बिरामी

    जंगली च्याउ खाँदा एकैघरका ५ जना बिरामी

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 45
    SHARES

    फाइल तस्विर

    नवलपरासी । पूर्वी नवलपरासीमा जंगल च्याउको तरकारी पकाएर खाँदा एकैघरका पाँचजना बिरामी परेका छन्।

    खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका-२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका हुन् ।



    शनिबार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन्।



    खाना खाएर सुतेका उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ।

    बिरामी सबैको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार