Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • धारिलो हतियार प्रहारबाट बारामा एक जनाको हत्या

    धारिलो हतियार प्रहारबाट बारामा एक जनाको हत्या

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 93
    SHARES

    फाइल तस्विर

    बारा । धारिलो हतियार प्रहार गरी बारामा एक पुरूषको हत्या भएको छ।

    महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको शनिबार बेलुका हत्या भएको हो।



    गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो ।



    उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    यस घटनामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

    यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार