Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आज दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्दै रास्वपा

    आज दिउँसो ३ देखि ५ बजेसम्म माइतीघरमा प्रदर्शन गर्दै रास्वपा

    अनलाइन नेपाल
  • आइतबार, ११ कार्तिक २०८१
  • 66
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने भएको छ ।

    सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेको हो ।



    सरकारको गलत कदमको विरोधस्वरुप आजपनि प्रदर्शन जारी रहने रास्वपाले जनाएको छ ।



    सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको मागसहित रास्वपाले गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।

    यस्तै शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको रिहाइको मागसहित थप आन्दोलनको घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार