Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जुवाखालबाट भाग्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु

जुवाखालबाट भाग्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु

शनिवार , कार्तिक १०, २०८१

कैलाली । कैलालीमा जुवाखालबाट भाग्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१२ का करन विकको जुवाखालबाट भाग्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

उनको शव ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा फेला परेको थियो । विकसँग जुवा खेल्न ८ जना संगलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।

विकका परिवारले भने उनको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । मृतक विकको सव पोष्टमार्टमलागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077