Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • जुवाखालबाट भाग्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु

    जुवाखालबाट भाग्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १० कार्तिक २०८१
  • 348
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा जुवाखालबाट भाग्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार जिल्लाको गोदावरी नगरपालिका–१२ का करन विकको जुवाखालबाट भाग्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।



    उनको शव ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा फेला परेको थियो । विकसँग जुवा खेल्न ८ जना संगलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।



    विकका परिवारले भने उनको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । मृतक विकको सव पोष्टमार्टमलागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार