Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बालेनले कारबाही गरेका सहसचिवलाई सिडिओको जिम्मेवारी

बालेनले कारबाही गरेका सहसचिवलाई सिडिओको जिम्मेवारी

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । गृह मन्त्रालयले केही विवादास्पद सहसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी(सिडिओ)को जिम्मेवारी दिएको छ ।

शुक्रबार गरिएको सरुवामा बदनामहरुले अवसर पाएका छन् ।

यसअघि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्दा मेयर बालेन शाहले कारबाही गरेर हटाएका सहसचिव बसन्त अधिकारीलाई बाराको सिडिओ बनाइएको छ ।

महानगरपालिकामा हुँदा उनले कार्यपालिकाको निर्णय कीर्ते गरी एक कर्मचारीको छोरीलाई भर्ना गर्ने निर्णय गरेका थिए ।

जुन घटना पत्ता लगाएपछि महानगरले उनलाई हटाएको थियो ।

तिनै सहसचिवलाई गृहमन्त्री रमेश लेखकले बारा जस्तो संवेदनशील जिल्लामा पठाएका हुन् । अधिकारी विपद् प्राधिकरणमा कार्यरत थिए ।

त्यस्तै, अनेक काण्डमा फसेका लालबाबु कवारीलाई महोत्तरीमा पठाइएको छ ।

सिराहाको सिडिओ हुँदा जग्गाको विवादमा उनले ५० लाख रुपैयाँको डिल गरेको विषयमा गृह मन्त्रालयले छानविन गरी उनलाई गोरखाको सरुवा रद्द गरेको थियो ।

उपसचिव हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरेको थियो ।

आर्थिक चलखेलका आधारमा उनको सरुवा भएको आशंका गरिएको छ ।

त्यस्तै, गृहमा आएलगत्तै नारायणकाजी श्रेष्ठलाई खुशी बनाएर रुपेन्देहीको सिडिओ बनेका गणेश अर्यालले पर्साको जिम्मेवारी पाएका छन् ।

उनी पनि डिल गरेरै पर्सा गएको चर्चा गृहमा छ । केही उच्च नेताको सिफारिसमा र केही आर्थिक चलखेलका आधारमा सिडिओमा पठाइएको स्रोत बताउँछ ।

त्यस्तै हालै मात्र गृहमा आएका श्यामकृष्ण थापालाई कांग्रेस महामन्त्री गगन थापाको सिफारिसमा तनहुँको सिडिओमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077