Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बागमती नदी किनार सफा गर्दै ललितपुर महानगरपालिका

बागमती नदी किनार सफा गर्दै ललितपुर महानगरपालिका

शनिवार , कार्तिक १०, २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाले बागमती नदी किनार सफा गरेको छ ।

महानगरपालिकाले असोज दोस्रो साता आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर सफा गरेको हो ।

महानगरपालिकाले आजदेखि बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर संकलन गर्न थालेको हो ।

आज बिहानैदेखि सुरक्षाकर्मी, नगरपालिकाको टोली र स्वयंसेवकले सरसफाइ थालेका हुन् । सफा नभएसम्म यो अभियान जारी रहेन महानगरले जनाएको छ ।

११ र १२ असोजमा आएको बाढीले अन्यत्रबाट बगाएर ल्याएको प्लास्टिक लगायत फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077