Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • अदालतको अवहेलना प्रकरण

    सात दिनभित्र लिखित जवाफ पेश गर्न बारका अध्यक्ष घिमिरेलाई सर्वोच्चको आदेश

    सात दिनभित्र लिखित जवाफ पेश गर्न बारका अध्यक्ष घिमिरेलाई सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, १ कार्तिक २०८१
  • 105
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्धको मुद्दामा लिखित जवाफ मागेको छ ।

    न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले अध्यक्ष घिमिरेविरुद्धको मुद्दामा लिखित जवाफ मागेको हो ।



    अध्यक्ष घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।



    आदेशमा भनिएको छ,’यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीको नाममा म्याद सूचना जारी गरी लिखितजवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नू।’

    सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्ष वरिष्ठ अधिवक्ता घिमिरेविरुद्ध अदालतको अवहेलनामा निवेदन दिएका थिए ।

    उक्त निवेदनका आधारमा बारका अध्यक्षविरुद्ध अवहेलनाको मुद्दा अगाडि बढेको थियो । तर उक्त निवेदन फिर्ता लिने घोषणा घिमिरे स्वंयमले गरेका छन् ।

    बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश नियुक्तिमा प्रधान न्यायाधीश एवं न्याय परिषद्का अध्यक्षले लेनदेन गरेको आरोप लगाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार