Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बाढीपीडितका लागि भारतीय दूतावासले दियो राहत सामग्री

    बाढीपीडितका लागि भारतीय दूतावासले दियो राहत सामग्री

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 57
    SHARES

    काठमाडौं । भारतीय दूतावासले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

    भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।



    भारु १ करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो ।



    सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए । सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाललगायत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार