Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढीपीडितका लागि भारतीय दूतावासले दियो राहत सामग्री

बाढीपीडितका लागि भारतीय दूतावासले दियो राहत सामग्री

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । भारतीय दूतावासले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

भारु १ करोड १८ लाख ५१ हजार २० बराबरको सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसमक्ष नेपालगञ्ज विमानस्थल परिसरमा रहेको ‘मानवीय सहायतस्थल’मा हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा प्रजिअ रिजालले भारत सरकारलाई धन्यवाद दिए । सामग्रीअन्तर्गत क्लोरिन ट्याब्लेट, स्लिपिङ ब्याग, पानीको बोतल, त्रिपाललगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077