काठमाडौं । आज २०८३ असार २ गते मंगलबारको राशिफल ।
मेष
व्यापार व्यवसायमा आफन्तहरूको साथ मिल्नेछ। कार्य विस्तारको सम्भावनामा बल मिल्नेछ। कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
मिथुन
वैदेशिक यात्रालाई लिएर गरिएको संघर्षमा सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्यले साथ दिनेछ तर खानपानमा विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
सिंह
कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। साहसिक कार्य गरेर आफूलाई चिनाउने मौका रहेको छ। सरकारी मामिलाहरू सुल्झिनाले चिन्तामुक्त रहनुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
तुला
कार्यक्षेत्रमा जोखिम युक्त निर्णय नलिनुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
धनु
नयाँ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि रहनुपर्ला सचेत रहनुहोस्। कार्यक्षेत्रमा गोपनीयता भंग हुन सक्छ। अरुको विश्वासमा कुनै कार्य नछोड्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
आज बोलेका शब्दले विशेष प्रभाव पार्न सक्छन्। आवश्यक जानकारी सही समयमा प्राप्त हुनेछ। छोटो भेटघाट वा संवाद उपयोगी रहनेछ। दिनभरि चहलपहलको वातावरण रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
बृष
कार्यक्षेत्रमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नेछ। नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ। गृहणीहरूको सौन्दर्यगत सामानमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट
व्यपार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा आँटेको काम सम्पादन गर्न सकिएला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कन्या
कार्यक्षेत्रमा नयाँ सम्पर्क पदोन्नतिमा सहायक हुनेछ। धर्मकर्ममा आस्था बढ्नेछ। विद्यार्थीहरूलाई उच्च शिक्षालाई लिएर अनुभवी व्यक्ति को साथ र सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
साझेदारी व्यापारबाट लाभ मिल्नेछ। पारिवारिक झगडाले मनमा असन्तोषको भावना रहनेछ। कार्यक्षेत्रमा नयाँ तकनीकको प्रयोगले मनग्य लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मकर
रोजगारको लागि विदेश तिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा क्षय हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा सकरात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन
आज नयाँ विषय जान्ने इच्छा बढ्नेछ। अध्ययन वा ज्ञानसँग सम्बन्धित काममा रुचि रहनेछ। फरक अनुभवले सोचाइलाई अझ परिपक्व बनाउनेछ। दिन अर्थपूर्ण रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।