Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

    भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

    अनलाइन नेपाल
  • मंगलबार, २२ असोज २०८१
  • 84
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गरेको भन्दै ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।

    एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती युट्युब च्यानललाई कानुनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको हो ।



    काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको छ ।



    काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय भएको हो ।

    काउन्सिलले ३ वटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरेको छ । ती माध्यममा सम्प्रेषण भएका समाचार पत्रकार आचारसंहिताविपरीत भएको भनी कारबाहीको सिफारिस गरेको हो ।

    आचारसंहिता प्रतिकूल उल्लिखित किसिमका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई त्यस्ता सामग्री हटाउन निर्देशन दिई सचेत गराइएको, ५ वटा सामाजिक सञ्जाललाई आचारसंहिताप्रतिकूल देखिएका सामग्रीका विवादित अंश हटाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार