Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न प्रहरीलाई पत्राचार

मंगलवार , आश्विन २२, २०८१

काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गरेको भन्दै ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती युट्युब च्यानललाई कानुनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको हो ।

काउन्सिलले सञ्चारमाध्यमका रूपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय भएको हो ।

काउन्सिलले ३ वटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरेको छ । ती माध्यममा सम्प्रेषण भएका समाचार पत्रकार आचारसंहिताविपरीत भएको भनी कारबाहीको सिफारिस गरेको हो ।

आचारसंहिता प्रतिकूल उल्लिखित किसिमका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई त्यस्ता सामग्री हटाउन निर्देशन दिई सचेत गराइएको, ५ वटा सामाजिक सञ्जाललाई आचारसंहिताप्रतिकूल देखिएका सामग्रीका विवादित अंश हटाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077