Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ अझै बेपत्ता

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ अझै बेपत्ता

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या २४६ पुगेको छ ।

नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरणअनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेका छन् । कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ ।

सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौं उपत्यकामा धेरै क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

बागमतीमा मात्रै एक सय ३९ जनाको मृत्यु भएको छ। एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077