Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

सोमवार , आश्विन २१, २०८१

चितवन । चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका-९ टिकौलीमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेका थिए

। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका-३ बस्ने वर्ष २३ को रोहन पौडेलको उपचारको क्रममा मृत्यु भएको छ ।

उनको शव भरतपुर अस्पतालमा राखिएको छ । घाइते ४ जनाको नयाँ मेडिकल कलेजमा र १ जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077