Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • मेलम्ची पानीको अवरोध खुलाउन स्थानीयको घरमा पुगेर अनुरोध गर्छु : खानेपानीमन्त्री यादव

    मेलम्ची पानीको अवरोध खुलाउन स्थानीयको घरमा पुगेर अनुरोध गर्छु : खानेपानीमन्त्री यादव

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 63
    SHARES

    काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्ने बताएका छन् ।

    खानेपानीमन्त्री यादवले विपद्को समयमा मेलम्चीको पानी स्थानीयहरूको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन् ।



    उनले मेलम्चीका स्थानीयहरूको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए ।



    मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको पनि उनले बताए । मुलुकमा असहज परिस्थिति रहेको भन्दै खानेपानीमन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे ।

    खानेपानीमन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरूले विपद्को बेलामा साथ दिने आशा रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार