Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मेलम्ची पानीको अवरोध खुलाउन स्थानीयको घरमा पुगेर अनुरोध गर्छु : खानेपानीमन्त्री यादव

मेलम्ची पानीको अवरोध खुलाउन स्थानीयको घरमा पुगेर अनुरोध गर्छु : खानेपानीमन्त्री यादव

सोमवार , आश्विन २१, २०८१

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्ने बताएका छन् ।

खानेपानीमन्त्री यादवले विपद्को समयमा मेलम्चीको पानी स्थानीयहरूको घरमा नै पुगेर अवरोध हटाउन आग्रह गर्ने बताएका हुन् ।

उनले मेलम्चीका स्थानीयहरूको चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समाधान गर्ने बताए ।

मेलम्चीवासीको मागमा सहमति नजिक पुगेको पनि उनले बताए । मुलुकमा असहज परिस्थिति रहेको भन्दै खानेपानीमन्त्री यादवले अहिलेलाई मुलुकको परिस्थिति बुझ्न मेलम्चीवासीसँग आग्रह गरे ।

खानेपानीमन्त्री यादवले वार्ता सहमतिको नजिकमा रहेको भन्दै मेलम्चीका स्थानीयहरूले विपद्को बेलामा साथ दिने आशा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077