Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा बेलिबृज जडान शुरु

    सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा बेलिबृज जडान शुरु

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 99
    SHARES

    काठमाडौं । सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा नेपाली सेनाले बेलिबृज जडान शुरू गरेको छ ।

    सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न आइतबारदेखि बेलिबृज जडानको काम थालेको हो ।



    सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    पुल बगाएर सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न भागमा पुग्ने यात्रुलाई समस्या हुँदै आएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार