Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • एक सातापछि सञ्चालनमा आयो हेटौँडा–भीमफेदी–काठमाडौं सडक

    एक सातापछि सञ्चालनमा आयो हेटौँडा–भीमफेदी–काठमाडौं सडक

    अनलाइन नेपाल
  • सोमबार, २१ असोज २०८१
  • 105
    SHARES

    बागमती । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि आइतवारबाट सञ्चालनमा आएको छ ।

    हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने सडकखण्डमा पर्ने सिमखोला र फाखेल स्थित सडकमा डाईभर्सन बनाएर बाटोको मर्मत सकिएपछि साँझबाट सडकमा सवारी आवतजावत सञ्चालन भएको हो ।



    मर्मत सम्भार भएसँगै हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौं, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाडौं सडक सञ्चालनमा आएको बताइएको छ ।



    यही असोज १० गतेदेखि १२ गतेसम्म आएको वर्षासँगै कुलेखानी ड्यामको पानीले सिमखोला पुलमा करिब एक सय मिटरमा क्षति पुर्याएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार