Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एक सातापछि सञ्चालनमा आयो हेटौँडा–भीमफेदी–काठमाडौं सडक

एक सातापछि सञ्चालनमा आयो हेटौँडा–भीमफेदी–काठमाडौं सडक

सोमवार , आश्विन २१, २०८१

बागमती । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि आइतवारबाट सञ्चालनमा आएको छ ।

हेटौँडा–भीमफेदी हुँदै काठमाडौं जाने सडकखण्डमा पर्ने सिमखोला र फाखेल स्थित सडकमा डाईभर्सन बनाएर बाटोको मर्मत सकिएपछि साँझबाट सडकमा सवारी आवतजावत सञ्चालन भएको हो ।

मर्मत सम्भार भएसँगै हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौं, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाडौं सडक सञ्चालनमा आएको बताइएको छ ।

यही असोज १० गतेदेखि १२ गतेसम्म आएको वर्षासँगै कुलेखानी ड्यामको पानीले सिमखोला पुलमा करिब एक सय मिटरमा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077