Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दाउन्नेमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो, दुईतर्फी सञ्चालनमा

दाउन्नेमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो, दुईतर्फी सञ्चालनमा

आइतवार , आश्विन २०, २०८१

नवलपरासी । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्डअन्तर्गत दाउन्नेमा अवरुद्ध सडक आइतवारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेस्थित खुर्सानी खोलामा भासिएको सडक मर्मतपछि पूर्णरुपमा सञ्चालनमा आएको हो ।

सडक पूर्णरुपमा सञ्चालनमा आएसँगै लामोसमय जाममा परेका सवारीसाधनलाई पास गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय, बर्दघाटका डीएसपी दीपेन्द्र बानियाँले जानकारी दिए ।

असोज ११ र १२ गते परेको निरन्तरको वर्षपछि १४ गते सडक भासिएको थियो । एक रात र एक दिन पूर्णरुपमा सवारी आवागमन बन्द गरी मर्मत गरिएको सडक १८ गते साँझ फेरि भासिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077