Online Nepal
  • आइतबार, २० असोज २०८१
  • दाउन्नेमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो, दुईतर्फी सञ्चालनमा

    दाउन्नेमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो, दुईतर्फी सञ्चालनमा

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 153
    SHARES

    नवलपरासी । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्डअन्तर्गत दाउन्नेमा अवरुद्ध सडक आइतवारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । 

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेस्थित खुर्सानी खोलामा भासिएको सडक मर्मतपछि पूर्णरुपमा सञ्चालनमा आएको हो ।



    सडक पूर्णरुपमा सञ्चालनमा आएसँगै लामोसमय जाममा परेका सवारीसाधनलाई पास गराउने काम भइरहेको इलाका प्रहरी कार्यालय, बर्दघाटका डीएसपी दीपेन्द्र बानियाँले जानकारी दिए ।



    असोज ११ र १२ गते परेको निरन्तरको वर्षपछि १४ गते सडक भासिएको थियो । एक रात र एक दिन पूर्णरुपमा सवारी आवागमन बन्द गरी मर्मत गरिएको सडक १८ गते साँझ फेरि भासिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार