Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

ट्रकको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

आइतवार , आश्विन २०, २०८१

विराटनगर । मिक्सचर ट्रकको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा आइतबार प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले ठक्कर दिँदा सशस्त्र प्रहरी जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिएको थियो ।

संखुवासभा घर भएका तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भई तत्कालै बुढीगंगामै रहेको विराट शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनलाई चिकित्सकले दिउँसो पौने ३ बजेतिर मृत घोषित गरेको मोरङ प्रहरीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत रहेका थिए । उनी मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकल चालक सोही गणमा कार्यरत ३० वर्षीय युशन राई घाइते भएका छन् ।

दुर्घटनापछि मिक्सचर ट्रक र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077