Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ओडारमा ओत लागेका दुई चेपाङसहित तीनजना बेपत्ता

ओडारमा ओत लागेका दुई चेपाङसहित तीनजना बेपत्ता

शुक्रवार , आश्विन ११, २०८१

धादिङ । अविरल वर्षाको क्रममा खसेको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुईजना चेपाङ र खोलाले बगाएर एकजना बालिका बेपत्ता भएका छन् ।

भल आएको नदीमा माछा मार्न हिँडेका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

नदीमा माछा मार्न जान लागेका उनीहरु निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा ओत लागेर बस्दा एक्कासि पहिरो आउँदा उनीहरु पहिरोमा पुरिएका हुन् ।

पहिरोले पुरिएपछि बेपत्ता दुई जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले बगाएपछि एक बालिका बेपत्ता भएकी छिन् । खोलाले बगाएका दुईजना भने पौडिन सफल भएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077