Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • वनस्थलीको नालीमा मोटरसाइकल खस्यो, १९ वर्षीय श्रेष्ठ बेपत्ता

    वनस्थलीको नालीमा मोटरसाइकल खस्यो, १९ वर्षीय श्रेष्ठ बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 204
    SHARES

    काठमाडौं । वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन् ।

    शुक्रबार साँझ काठमाडौं महानगरपालिका-१५ वनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोक घर भई हाल रानिवन वस्ने १९ वर्षीय राजन श्रेष्ठ रहेका छन् ।



    मोटरसाइकल भेटिए पनि चालक अझै बेपत्ता छन् । प्रहरीले खोजी कार्य जारी राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार