Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता

    दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 129
    SHARES

    बैतडी । दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन् ।

    बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमर सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्।



    भारतको पिथौरागढबाट काम गरेर दसैंका लागि घर फर्किने क्रममा शुक्रबार बिहान ११ बजेतिर महाकाली नदीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



    भारतबाट घर फर्किरहेका धामी दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेका थिए ।

    झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने स्थानमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेका थिए। नदीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार