Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

न्याय परिषद् बैठक चलिरहँदा वकिलहरूले घेरे न्याय परिषद्

न्याय परिषद् बैठक चलिरहँदा वकिलहरूले घेरे न्याय परिषद्

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति तयारी थालेपछि वकिलहरूको विरोध पनि चर्किन थालेको छ ।

गत बुधबारदेखि आन्दोलित वकिलहरूले अवकाशमा जान लागेका प्रधानन्यायाधीशको अध्यक्षतामा न्याय परिषद्ले न्यायाधीश नियुक्ति तयारी थालेपछि न्याय परिषद घेराउ गरेका हुन् ।

सचिवालयभित्र परिषद् बैठक बसिरहँदा बाहिर भने प्रवेशद्वार अगाडि नेपाल बार एशोसिएसनले विरोध प्रदर्शन गरिरहेको छ ।

न्यायपरिषद्को संशोधित नियमावली खारेज गर्नुपर्ने, घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै बारले प्रदर्शन गरेको हो ।

असोज २० गते प्रधानन्यायाधीश श्रेष्ठ सेवानिवृत हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077