Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मुग्लिङ-नारायणगढ सडक खण्डमा माइक्रो दुर्घटना, १६ जना घाइते

मुग्लिङ-नारायणगढ सडक खण्डमा माइक्रो दुर्घटना, १६ जना घाइते

शुक्रवार , आश्विन ११, २०८१

चितवन । चितवन भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलोस्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा ३ ख १७५२ नंम्वरको माइक्रो र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र ०३–००१ ख २६२२ नंम्वरको दूध बोक्ने ट्याङ्कर गए राती ११ः३० बजे एक–आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनाका घाइते सबै माइक्रोमा यात्रा गर्ने चालक सहितका यात्रु रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त ट्याङ्कर चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २९ को पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077