Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • मुग्लिङ-नारायणगढ सडक खण्डमा माइक्रो दुर्घटना, १६ जना घाइते

    मुग्लिङ-नारायणगढ सडक खण्डमा माइक्रो दुर्घटना, १६ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 279
    SHARES

    फाइल तस्विर

    चितवन । चितवन भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलोस्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् ।

    मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा ३ ख १७५२ नंम्वरको माइक्रो र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र ०३–००१ ख २६२२ नंम्वरको दूध बोक्ने ट्याङ्कर गए राती ११ः३० बजे एक–आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनाका घाइते सबै माइक्रोमा यात्रा गर्ने चालक सहितका यात्रु रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



    दुर्घटनाग्रस्त ट्याङ्कर चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २९ को पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार