Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

धादिङको चिरौदीमा पहिरोले पुर्‍यो कार

धादिङको चिरौदीमा पहिरोले पुर्‍यो कार

बिहिवार , आश्विन १०, २०८१

धादिङ । धादिङको गल्छी गाउँपालिका-४ चिरौदीस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा एक कार पुरिएको छ ।

बिहीबार साँझ करिब ७ः२० बजे गजुरीतर्फबाट काठमाडौं जाँदै गरेको ग२च ७८८५ नम्बरको कार पहिरोमा पुरिएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार पहिरोले उक्त कारलाई धकेलेर चिरौँदी खोलामा खसालेको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बैरेनीबाट प्रहरी नायब निरीक्षक कासिराम बुढाको कमाण्डमा र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेको नेतृत्वमा २५ जनाको टोली घटनास्थलमा खटाइएको थियो ।

कारमा सवार चार जनालाई सकुशल उद्दार गरी उपचारका लागि बैरेनी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077