Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • धादिङको चिरौदीमा पहिरोले पुर्‍यो कार

    धादिङको चिरौदीमा पहिरोले पुर्‍यो कार

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 141
    SHARES

    धादिङ । धादिङको गल्छी गाउँपालिका-४ चिरौदीस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा एक कार पुरिएको छ ।

    बिहीबार साँझ करिब ७ः२० बजे गजुरीतर्फबाट काठमाडौं जाँदै गरेको ग२च ७८८५ नम्बरको कार पहिरोमा पुरिएको हो ।



    इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार पहिरोले उक्त कारलाई धकेलेर चिरौँदी खोलामा खसालेको थियो ।



    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बैरेनीबाट प्रहरी नायब निरीक्षक कासिराम बुढाको कमाण्डमा र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेको नेतृत्वमा २५ जनाको टोली घटनास्थलमा खटाइएको थियो ।

    कारमा सवार चार जनालाई सकुशल उद्दार गरी उपचारका लागि बैरेनी अस्पताल पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार