Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

तीन जिल्लामा सीडीओ हेरफेर, २४ सहायक सीडीओको पनि सरुवा [सूचीसहित]

तीन जिल्लामा सीडीओ हेरफेर, २४ सहायक सीडीओको पनि सरुवा [सूचीसहित]

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

म्याग्दी, रुकुम पश्चिम र कालीकोटमा सीडीओ हेरफेर गरिएको हो ।

जसअनुसार म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाइएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ रहेका थिए ।

रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओको रुपमा पठाइएको छ भने कालीकोटमा नारायणप्रसाद भट्टराईलाई पठाइएको छ ।

जिसी र भट्टराई गृह मन्त्रालयबाट जिल्लामा सरुवा भएका हुन् ।

यसैगरी २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुलाई पनि सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077