Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे नारायणी नदीको झोलुंगे पुल उद्घाटन

राष्ट्रपति पौडेलले गरे नारायणी नदीको झोलुंगे पुल उद्घाटन

बिहिवार , आश्विन १०, २०८१

रुपन्देही। राष्ट्रपति रामचन्द्र पौडेलले पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदिमाथि बनेको झोलुंगे पुलेको उद्घाटन गरेका छन्।

सुस्ता गाउँपालिका - ५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर मल्टिस्पान झोलुंगे पुलको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।

झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडाको सुस्ता गाउँलाई जोड्ने छ ।

एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडाइको पुलले सुस्ता वडा नम्बर ५ को दायाँ किनारमा रहेको सकरदिनही र बायाँ किनारमा रहेको सुस्ता गाउँलाई जोडेको छ।

निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सले साढे २३ करोड रुपैयाँको लागतमा गत असार अन्तिम साता पुल निर्माण सम्पन्न गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077