Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विपद् व्यवस्थापनका लागि सुरक्षित भवन निर्माण महत्वपूर्ण छ : गृहमन्त्री लेखक

विपद् व्यवस्थापनका लागि सुरक्षित भवन निर्माण महत्वपूर्ण छ : गृहमन्त्री लेखक

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्।

युएसएआइडीद्धारा आयोजित 'सिकाइ आदान–प्रदान कार्यशाला' मा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको बताए।

उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेको बताए।

संविधानले विपद् जोखिम न्यूनीकरण  र व्यवस्थापनको विषयलाई संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीन वटै तहका सरकारको समन्वय  र सहकार्यमा अगाडि बढ्नुपर्ने गृहमन्त्री लेखकको भनाई छ ।

संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा  स्थानीय तहहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तिनवटै सरकारहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनले बताए ।

गृहमन्त्री लेखकले ‘सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकाय संगको सहकार्य र निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, सङ्गठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग मिलेबो बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077