Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अशोक चौलागाई भन्छन्–एक रुपैयाँ उठाएको प्रमाणित भए राजनीतिबाटै सन्यास लिन्छु

अशोक चौलागाई भन्छन्–एक रुपैयाँ उठाएको प्रमाणित भए राजनीतिबाटै सन्यास लिन्छु

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । अनलाइननेपाल डटकममा प्रकाशित समाचारप्रति सिन्धुपाल्चोकका अशोक चौलागाईले असहमति जनाएका छन् ।

२०८१ असोज ७ गते सोमबार अनलाइन नेपालमा ‘प्रधानमन्त्रीकै सचिवालयको हवाला दिँदै कर्मचारीबाट उठौती गर्ने यी को हुन् ?’ शीर्षकमा सम्प्रेषित समाचारप्रति चौलागाईले असहमति जनाउँदै खण्डन गरेका हुन् ।

प्रेस काउन्सिलमार्फत चौलागाइले पठाएको खण्डन पत्रमा भनिएको छ–‘अनलाइननेपालमा प्रकाशित समाचारप्रति गम्बीर ध्यानाकर्षण सहित घोर आपत्ति प्रकट गर्दछु । एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत र किरण पौडेलको नामसमेत जोडेर पूर्णतया कपोकल्पित, चरित्रहत्या गर्ने गरी भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको छ ।’

चौलागाइले आफ्नो राजनीतिक जीवन नै समाप्त पार्ने दुरासयले समाचार प्रकाशित हुँदा पत्रकारिताकै विश्वसनियतामा आघात पुग्ने समेत बताएका छन् ।

उनले भनेका छन्–‘राजनीतिक जीवन नै समाप्त पार्ने दुरासयले कसैले जे दियो, त्यही प्रकाशित गर्ने कार्यले पत्रकारिताकै विश्वसनीयतामा आघात पुग्न सक्छ । तपाईंले समाचारमा उठाएका कुनै पनि विषयमा सत्यता भए पुष्टि गर्न चुनौती दिन चाहन्छु ।’

त्यसैगरी उनले पठाएको खण्डनमा भनिएको छ–‘मैले सिंहदरवारमा कुनै कर्मचारीबाट एक रूपैयाँ उठाएको प्रमाणित गरेर देखाए राजनीतिबाटै सन्यास लिन्छु । पत्रकारिताको सामान्य मर्मविपरीत मलाई सोध्दै नसोधी एकपक्षीय समाचार लेखेर चरित्रहत्या गर्ने कार्य निन्दनीय छ । मैले मेरा आदरणीय नेताहरुको नाम बेचेर कहीं कतै अनुचित लाभ लिएको छैन । लिनु पनि छैन ।’

चौलागाईले पठाएको खण्डनपत्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077