Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • गृहमन्त्री लेखकले भने – अध्यागमनको ‘इमेज’ सुधार्न आवश्यक छ

    गृहमन्त्री लेखकले भने – अध्यागमनको ‘इमेज’ सुधार्न आवश्यक छ

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 75
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको ‘इमेज’ सुधार गर्नु नै अहिलेको आवश्यक भएको बताएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताए।



    अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य नहुने गृहमन्त्री लेखकले बताए ।

    विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गगर्न गृहमन्त्री लेखकले अध्यागमनका कर्मचारीहरुलाई निर्देशनसमेत दिए।

    गृहमन्त्री लेखकले भने,’अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो । आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’

    गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिशुण,नरम र सेवामुखी हुन जरुरी रहेको बताए।

    सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए।

    अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडीसमेत विमानस्थल पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार