Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • तराई–मधेसमा आज जितिया पर्व मनाइँदै, यस्तो छ धार्मिक विश्वास

    तराई–मधेसमा आज जितिया पर्व मनाइँदै, यस्तो छ धार्मिक विश्वास

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 66
    SHARES

    काठमाडौं । तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ । तराई–मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् ।

    यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल मोरङका अध्यक्ष डा।बालकृष्ण शाह बताउनुहुन्छ ।



    आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ । पर्वअन्तर्गत यस वर्ष हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज बेलुका ५ बजे समापन गरिँदैछ ।



    निराहार व्रत शुरु गरिएपछि समापन नहुन्ञ्जेल थुक निल्नु पनि नहुने धार्मिक मान्यताले यो पर्व निकै कठिन विधिको मानिन्छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा अर्थात् नुहाएर खाने विधी अस्ति गरि यो पर्व शुरु भएको हो । यो व्रतको मिथिलाञ्चल क्षेत्रमा विशेष महत्त्व छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार