Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भारी वर्षाको सम्भावनापछि सुदूरपश्चिम सरकारले भन्यो - धानबाली नकाट्नू

भारी वर्षाको सम्भावनापछि सुदूरपश्चिम सरकारले भन्यो - धानबाली नकाट्नू

मंगलवार , आश्विन ८, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशमा बुधबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट प्रभाव हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा सामान्यदेखि धेरै वर्षा हुने पूर्वानुमान गरेको हो ।

महाशाखाको सो पूर्वानुमानसँगै सुदूरपश्चिम प्रदेश सरकारले सतर्क रहन सबैमा अपिल गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक विज्ञप्ति नै जारी गरेर सचेत रहन प्रदेशवासीलाई आग्रह गरेको हो ।

कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले धानबाली नकाट्ने आग्रह गरिएको छ। पहाडी भु–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरुमा पानीको जलप्रवाहले पानीको सतह बढ्ने सक्ने, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्वन्धित जिल्ला र स्थानीय विपद व्यवस्थापन समति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी तुरुन्त खबर गर्न मन्त्रालयले आग्रह गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077