Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • दुई पटक गृहमन्त्री बनेको हुँ, कानुनी प्रक्रियाबारे जानकार छु : रवि लामिछाने

    दुई पटक गृहमन्त्री बनेको हुँ, कानुनी प्रक्रियाबारे जानकार छु : रवि लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 189
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको बताएका छन् ।

    मंगलबार साँझ फेसबुक लाइभबाट पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।



    उनले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको बताए ।



    तर, सहकारीबाट अरू सञ्चारमाध्यममा पनि पैसा आएको खुलेकाले उनीहरू पनि कारबाहीको दायरमा आउनुपर्ने उनले बताए ।

    आफूलाई पक्राउ गर्ने उद्देश्यले नै छविलाल जोशीलाई पक्राउ गरिएको उनको भनाई छ । आफू सहकारी ठगीमा संलग्न नभएको पनि उनको स्पष्टिकरण छ ।

    उनले आफू दुई पटक गृहमन्त्री बनेको बताउँदै कानुनी प्रक्रियाबारे जानकार रहेको बताए । राजनीतिक प्रतिशोध नसाध्न उनले चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार