Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दुई पटक गृहमन्त्री बनेको हुँ, कानुनी प्रक्रियाबारे जानकार छु : रवि लामिछाने

दुई पटक गृहमन्त्री बनेको हुँ, कानुनी प्रक्रियाबारे जानकार छु : रवि लामिछाने

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको बताएका छन् ।

मंगलबार साँझ फेसबुक लाइभबाट पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

उनले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको 'आर्थिक अपचलन'को जिम्मेवारी लिन तयार रहेको बताए ।

तर, सहकारीबाट अरू सञ्चारमाध्यममा पनि पैसा आएको खुलेकाले उनीहरू पनि कारबाहीको दायरमा आउनुपर्ने उनले बताए ।

आफूलाई पक्राउ गर्ने उद्देश्यले नै छविलाल जोशीलाई पक्राउ गरिएको उनको भनाई छ । आफू सहकारी ठगीमा संलग्न नभएको पनि उनको स्पष्टिकरण छ ।

उनले आफू दुई पटक गृहमन्त्री बनेको बताउँदै कानुनी प्रक्रियाबारे जानकार रहेको बताए । राजनीतिक प्रतिशोध नसाध्न उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077