Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अब बैंकिङ कसुर र सहकारी ठगीमा पीडितलाई पैसा फिर्ता गरे मुद्दा नचल्ने

अब बैंकिङ कसुर र सहकारी ठगीमा पीडितलाई पैसा फिर्ता गरे मुद्दा नचल्ने

मंगलवार , आश्विन ८, २०८१

काठमाडौँ । बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला भएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडालले पीडितलाई रकम फिर्ता गरेर मिलापत्र गर्न सकिने जानकारी गराएका हुन् ।

संसद्ले दिएको सुझावले पीडितलाई छिटो भन्दा छिटो राहत दिनेगरी अघि बढ्नुपर्न अवस्था रहेको भन्दै उनले फौजदारी मुद्दा मिलापत्र गर्ने विषय नेपालमा नयाँ भएको पनि बबताए ।

अहिलेसम्म प्राकृतिक व्यक्तिलाई मात्रै सर्वसाधारण व्यक्ति भन्दै मान्दै आएकामा अबदेखि कानुनी व्यक्ति पनि सर्वसाधारण भित्र पर्ने सर्वोच्च अदालतको फैसलापछि कानुनी व्यक्ति अर्थात् संस्थाको विषय मिलापत्र भित्र समावेश गर्नेगरी निर्देशन दिएको बताए ।

आपराधिक विश्वासघात, ठेक्कापट्टासँग सम्बन्धित रहेका कतिपय घटनालाई पनि मिलापत्र गर्नसक्ने व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077