Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री ओली र डीएफसी उपप्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री ओली र डीएफसी उपप्रमुखबीच भेटवार्ता

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कोअपरेसन(डीएफसी)की उप–प्रमुख कार्यकारी अधिकृत निशा विश्वालबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच राष्ट्र संघको ७९ औं महासभाको दौरान साइडलाइनमा भेटवार्ता भएको हो।

उक्त अवसरमा दुई जनाबीच नेपालमा आर्थिक विकासको लागि विविध क्षेत्रहरू तथा ऊर्जा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र प्रविधिको बारेमा छलफल भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली नियोगले जनाएको छ ।

त्यस अवसरमा नेपालमा लगानीको विषयमा पनि कुराकानी भएको थियो । उक्त भेटवार्तामा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि साथमा थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077