Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • गहना पोखरीमा डुबेर एक बालिकाको मृत्यु

    गहना पोखरीमा डुबेर एक बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 78
    SHARES

    काठमाडौं । काठमाडौंको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ।

    टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो ।



    बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् ।



    उनको आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार