Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • प्रधानमन्त्रीकै सचिवालयको हवाला दिँदै कर्मचारीबाट उठौती गर्ने यी को हुन् ?

    प्रधानमन्त्रीकै सचिवालयको हवाला दिँदै कर्मचारीबाट उठौती गर्ने यी को हुन् ?

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 162
    SHARES

    काठमाडौं । प्रधानमन्त्री सचिवालयको हवाला दिँदै कर्मचारीबाट एक व्यक्तिले लाखौं रकम असुल्न थालेको आरोप लागेको छ ।

    उनले कर्मचारीबाट रकम असुल्न थालेपछि बिभिन्न मन्त्रालय र त्यहाँका कर्मचारीहरु आतङ्कित बनेका छन्।



    एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि प्रधानमन्त्री सचिवालयको हवाला दिँदै कर्मचारीबाट ती व्यक्तिले असुली थालेको आरोप लागेको हो ।



    युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत र प्रधानमन्त्रीका जनसम्पर्क बिज्ञ किरण पौडेलको नाम लिएर अर्थअन्तर्गतका कर्मचारीहरुलाई हैरान पार्ने व्यक्ति सिन्धुपाल्चोकतिरका अशोक चौलागाईं रहेको बताईएको छ ।

    प्रधानमन्त्री कार्यालयको नाम लिएर हैरान पार्ने चौलागाईंका कारण निकै समस्या देखा परेको कर्मचारीहरुले बताउने गरेका छन्।

    महेश बस्नेतकै खास मान्छे बताउने यी चौलागाईंले अर्थमन्त्रीको सचिवालयको पनि नाम लिँदै अर्थअन्तर्गतका कर्मचारीबाट उठ्तीपुठ्ती गरिरहेको स्रोत बताउँछ ।

    चौलागाईंका निकट सिन्धुपाल्चोकका एक एमाले कार्यकर्ताका अनुसार उनले केहि समयअघि मात्रै आफ्नो छोरालाई अमेरिका पठाउनु छ तपाईको बारेमा राम्रो कुरा भनिदिन्छु भन्दै भन्सारका बिभिन्न कर्मचारीबाट १५ लाख रुपैयाँ उठाएका थिए ।

    चौलागाईंले कतिपय अवस्थामा प्रधानमन्त्रीको सचिवालयकै नाम बेचेर पनि रकमको मोलमोलाई गर्ने गरेको रसुवा भन्सारका एक कर्मचारीले बताए ।

    प्राय सिंहदरवारमा भेटिने यी चौलागाईं महेश बस्नेतकै दवावमा एमाले वागमतीका सदस्य भएका थिए ।

    प्रधानमन्त्री ओलीसँग निकट रहेको भन्दै हिड्ने उनले कर्मचामरीबाट रकम उठाउन थालेपछि प्रधानमन्त्रीको सचिवालयमा प्रवेश निषेध गरिएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार