Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्रीकै सचिवालयको हवाला दिँदै कर्मचारीबाट उठौती गर्ने यी को हुन् ?

प्रधानमन्त्रीकै सचिवालयको हवाला दिँदै कर्मचारीबाट उठौती गर्ने यी को हुन् ?

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री सचिवालयको हवाला दिँदै कर्मचारीबाट एक व्यक्तिले रकम असुल्न थालेको आरोप लागेको छ ।

उनले कर्मचारीबाट रकम असुल्न थालेपछि बिभिन्न मन्त्रालय र त्यहाँका कर्मचारीहरु आतङ्कित बनेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि प्रधानमन्त्री सचिवालयको हवाला दिँदै कर्मचारीबाट ती व्यक्तिले असुली थालेको आरोप लागेको हो ।

युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत र प्रधानमन्त्रीका जनसम्पर्क बिज्ञ किरण पौडेलको नाम लिएर अर्थअन्तर्गतका कर्मचारीहरुलाई हैरान पार्ने व्यक्ति सिन्धुपाल्चोकतिरका अशोक चौलागाईं रहेको बताईएको छ ।

प्रधानमन्त्री कार्यालयको नाम लिएर हैरान पार्ने चौलागाईंका कारण निकै समस्या देखा परेको कर्मचारीहरुले बताउने गरेका छन्।

यसैबीच अनलाइननेपाल डटकममा प्रकाशित समाचारप्रति अशोक चौलागाईले असहमति जनाएका छन् । समाचारप्रति असहमति जनाउँदै उनले खण्डन गरेका हुन् ।

चौलागाइले पठाएको खण्डन पत्रमा भनिएको छ–‘अनलाइननेपालमा प्रकाशित समाचारप्रति गम्बीर ध्यानाकर्षण सहित घोर आपत्ति प्रकट गर्दछु । एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत र किरण पौडेलको नामसमेत जोडेर पूर्णतया कपोकल्पित, चरित्रहत्या गर्ने गरी भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको छ ।’

चौलागाइले आफ्नो राजनीतिक जीवन नै समाप्त पार्ने दुरासयले समाचार प्रकाशित हुँदा पत्रकारिताकै विश्वसनियतामा आघात पुग्ने समेत बताएका छन् ।

उनले भनेका छन्–‘राजनीतिक जीवन नै समाप्त पार्ने दुरासयले कसैले जे दियो, त्यही प्रकाशित गर्ने कार्यले पत्रकारिताकै विश्वसनीयतामा आघात पुग्न सक्छ । तपाईंले समाचारमा उठाएका कुनै पनि विषयमा सत्यता भए पुष्टि गर्न चुनौती दिन चाहन्छु ।’

त्यसैगरी उनले पठाएको खण्डनमा भनिएको छ–‘मैले सिंहदरवारमा कुनै कर्मचारीबाट एक रूपैयाँ उठाएको प्रमाणित गरेर देखाए राजनीतिबाटै सन्यास लिन्छु । मैले मेरा आदरणीय नेताहरुको नाम बेचेर कहीं कतै अनुचित लाभ लिएको छैन । लिनु पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077