Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरुले गरे पर्दशन

रविलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरुले गरे पर्दशन

सोमवार , आश्विन ७, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् ।

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले सभापति लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की बाहिर प्रदर्शन गरेका हुन्।

सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीको गेट बाहिर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

पीडिले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077