Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

न्यायाधीश न्यौपानेलाई सरुवा गर्ने न्याय परिषद्को निर्णय

न्यायाधीश न्यौपानेलाई सरुवा गर्ने न्याय परिषद्को निर्णय

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । उच्च अदालतका न्यायाधीश विपुल न्यौपानेको सरुवा भएको छ ।

न्याय परिषद्को आइतबार बसेको बैठकले न्यायाधीश न्यौपानेलाई उच्च अदालत विराटनगरबाट सोही अदालतमातहतको इलाम इजलासमा सरुवा गरेको हो ।

यसअघि उनी इलाममा कामकाज गर्ने गरी खटिएका न्यौपानेलाई सरुवा नै गरिएको बताइएको छ ।

यस्तै उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दलाई राजस्व न्यायाधीकरण, विराटनगरको अध्यक्ष तोक्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077