Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रामेछापमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रामेछापमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतवार , आश्विन ६, २०८१

रामेछाप । रामेछापमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

जिल्लाको सुनारपानीमा बोलेरो जिप दुर्घटना हुँदा ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको हो।

मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो सुनारपानीमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बोलेरोमा सवार यात्रुमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

अन्य घाइतेको पनि उद्धार गरेर मन्थली अस्पतालमा पठाइएको छ।बोलेरो सडकबाट झण्डै २०० मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077