Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • रामेछापमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    रामेछापमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 90
    SHARES

    फाइल तस्विर

    रामेछाप । रामेछापमा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

    जिल्लाको सुनारपानीमा बोलेरो जिप दुर्घटना हुँदा ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको हो।



    मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो सुनारपानीमा दुर्घटना भएको थियो ।



    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बोलेरोमा सवार यात्रुमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

    अन्य घाइतेको पनि उद्धार गरेर मन्थली अस्पतालमा पठाइएको छ।बोलेरो सडकबाट झण्डै २०० मिटर तल खसेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार